No Image Headlineअन्तराष्ट्रिय

कोभिडविरुद्ध खाने चक्कीलाई पहिलो पटक बेलायतद्वारा अनुमति

मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

Printo Pack

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओषधी महत्त्वपूर्ण हुने बताएका छन्। उनले कोभिडका बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमति दिने बेलायत विश्वकै पहिलो मुलुक बनेको पनि बताए ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको यो पहिलो औषधी हो ।परीक्षणमा रहेको खाने चक्कीले कोभिड अस्पताल भर्ना दरको जोखिम आधा घटाउने पनि अनुसन्धानले देखाएको छ ।

Snow
Forest

कोरोना भाइरसको हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका मानिसमा  उक्त चक्कीको प्रयोगका लागि अनुमति दिइएको त्यहाँको औषधि नियामक एमएचआरएले बताएको छ। मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसलाई कोरोना संक्रमण भएपनि यसको प्रयोग गर्न सकिने छ ।

कोभिडको उपचारमा सुईको साटो खान मिल्ने औषधि  विश्वमै पहिलो पटक अनुमोदन गरिएको उक्त संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनेकि छन् ।

बेलायतले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार ओटा मोल्न्यूपिरभीर चक्की पाउने गरी खरीद सम्झौता गरेको छ। साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार चक्की पनि खरीद गर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button