अन्तराष्ट्रिय
चीनले सीमासम्बन्धी नयाँ कानुन ल्याएपछि भारतद्वारा सीमामा क्रुज मिसाइल तैनाथ
भारत र चीनबीच सीमा विवाद र झगडा हुुँदै आएको छ । तैपनि दुई देशबीचमा सीमासम्बन्धी समस्या सुल्झिएको छैन । यसैबीच हालसालै चीनले सीमासम्बन्धी नयाँ कानुन ल्याएपछि विवादले नयाँ रुप लिएको छ ।
अहिले चीनसँग सीमा जोडिएका क्षेत्रमा भारतले क्रुज मिसाइल तैनाथ गरेको समाचार बाहिर आएको छ । भारतले अरुणाचल प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइलका साथै होवित्जर तोप पनि तैनाथ गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
एजेन्सीका एएफपीका अनुसार यो क्षेत्रमा अमेरिकामा बनेको चिनुक हेलिकोप्टर र इजराइलमा बनेका ड्रोनहरु तैनाथका साथ राखिएको छ । सीमा विषयमा विभिन्न चरणगत वार्ता भए पनि दुई देशबीच ठोस वार्ता हुन सकेको छैन ।