खेल संसार

दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

Thrill Factory
Rungta Group

आइसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

बुधबार सुपर–१२ को समूह २ मा रहेको न्युजिल्यान्ड जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ईश सोढीले २ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।

यो समूहबाट लगातार ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । अफगानिस्तान दुई जितसँगै अंक तालिकाको दोस्रो स्थानमा छ । अफगानिस्तान र भारतबीच अहिले खेल भइरहेको छ । यो समूहमा भारत र स्कटल्यान्ड जितविहीन छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button