अर्थप्रदेश

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया

Thrill Factory
Rungta Group

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रबार सङ्घकै सभाहलमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न सम्पन्न भयो ।

कार्यक्रमका सभापति वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पारेका थिए ।

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धमा निजीक्षेत्र माँझ अझ अन्यौलता कायमै रहेकोले उद्योगी÷व्यवसायी लगायत आम सर्वसाधारणलाई सो सम्बन्धमा जागरुक तुल्याउन सङ्घले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्यक्षेत्र र के कस्ता वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान प्रभावी हुन्छ, सोबारे अहिलेसम्म पनि निजीक्षेत्र माँझ अन्यौल, भ्रम र असहजता देखिएकोले सो भ्रम तथा अन्यौललाई स्पष्ट पार्दै यसको कार्यक्षेत्रलगायत विभागले गर्दै आइरहेको कार्यहरुबारे सरोकारवालाहरुलाई सुसूचित गर्ने अभिप्रायले विभागद्वारा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका र सोही अनुरुप आज वीरगञ्जमा समेत आयोजना गरिएको कुरा बताए ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रयासहरु हुँदै आएको बताए । आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी अपराधलाई निस्तेज पार्ने उद्देश्यले मात्रै सम्पत्ति शुद्धीकरणको धारणा ल्याइएकोले निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराई राख्नु पर्दैन भन्दै वैध व्यापार गर्नुस् कुनै किसिमको डर, त्रास मान्नु पर्दैन भन्ने कुरा समेत बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत तेजप्रकाश प्रसाईंले कार्यपत्र मार्फत् सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी धारणा, त्यसको अपरिहार्यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, नियम ल्याउनुको कारण, सम्पत्ति शुद्धीकरण अनुसन्धान लागू गर्दा हुने फाईदालगायतका विभिन्न पक्षबारे प्रकाश पारे ।

कार्यक्रममा उपस्थित सहभागीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी आपूmलाई लागेका जिज्ञासाहरु महानिर्देशक भट्टराई समक्ष राखेका थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सङ्घका पदाधिकारी, सल्लाहकार, कासस, उद्योगी, व्यपारीहरु र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button