स्वास्थ्य/जिवनशैली

घरमा रङरोगन : सुरक्षा र सजावट दुवैका लागि लाभदायक

Thrill Factory
Rungta Group

परम्परागत रूपमा नेपाली समाजमा घर रंग्याउनु धर्म, संस्कारसँग जोडिएको छ । विशेषगरी दशैं, तिहारजस्ता पर्वमा घर शृंगारपटार गरेर चिटिक्क पार्नु धार्मिक प्रतिष्ठा मान्ने गरिन्छ । तर, आधुनिक समाजमा घर रंग्याउनु सजावटको प्रमुख स्रोत पनि हो । घर आकर्षक बनाउन र बाहिरी भाग सुरक्षित राख्न रङको प्रयोग गरिन्छ ।

घरको रङ भित्री र बाहिरी गरी दुई थरीको हुन्छ । घरको भित्री भागमा प्रयोग गरिने रङमा टिकाउको कुनै वारेन्टी नहुने राजमाता इन्टरनेशनलका प्रोप्राइटर श्यामसुन्दरप्रसाद यादव बताउँछन् । यसको कारण हो, कोरिने, सुरक्षा विधि नअपनाउने, आगो र धुँवाबाट क्षति हुन सक्नेजस्ता समस्या । बाहिरी भागमा भने ७ देखि १० वर्षसम्मको वारेन्टी दिन सकिने उनले बताए ।

भनिन्छ, रङको प्रयोगले मानिसमा आनन्दानुभूति हुने, खुसी महसुस हुने, ऊर्जा दिने, सकारात्मक सोच र जोशजाँगर आउने आदिको प्रभाव हुन्छ । बजारमा ग्राहकको इच्छाअनुसार रङ पाइन्छन् । रातो, पहेंलो र नीलोलाई प्राकृतिक रङ भनिन्छ । अन्य रङ भनेको यिनै रङको संयोजन हो । आफ्नो चाहनाअनुसारको रङका लागि उत्पादक कम्पनीले तयार पारेको क्याटलगअनुसार छान्न सकिन्छ । त्यो छानेको रङअनुसार एकभन्दा बढी रङको मिश्रणबाट तयार गरिन्छ । त्यसपछि अनुभवी पेन्टरद्वारा घर रंग्याउनु उचित हुन्छ ।

घरको बाहिरी भागमा रङ लगाउँदा टिकाउ र वालको सुरक्षा गर्न मिल्ने गरी रङको प्रयोग गर्न सकिने सुविधा छ । इञ्जिनियर तिलक बानियाका अनुसार अहिले बजारमा वेदरकोट रङ छानीछानी र रोजीरोजी उपलब्ध छ । यसले घरको सुरक्षामा समेत सहयोग पुर्‍याउँछ । घरको वाल खुइलिन नदिने, लेउ लाग्नबाट बचाउने, भित्ता बिग्रनबाट जोगाउनेजस्ता कार्यमा यसले सहयोग पुर्‍याउँछ ।

रङ लगाउँदाका फाइदा
भित्तामा लेउ लाग्नबाट बचाउँछ । वाल खुइलिन र चर्किन दिँदैन । खिया लाग्नबाट बचाउँछ । ओस प्रतिरोधात्मक हुन्छ । धुलो प्रतिरोधात्मक हुन्छ । बाहिरी हावापानी, सूर्यको किरण, प्रदूषण आदिबाट रोक्ने कार्य गर्दछ । त्यति मात्र होइन, यसले घरलाई आकर्षक र सुरक्षित बनाउनमा सहयोगी भूमिका खेल्छ ।

सात वर्षे वारेन्टी रङको प्रयोग विधि
रङ टिकाउ र बलियो बनाउन सही प्रयोग आवश्यक हुन्छ । जसअनुसार पहिलो कोट इलास्टो प्रयोग गर्ने । दोस्रो कोट डब्लुपी वालपुट्टी प्रयोग गर्ने । तेस्रो कोटमा इलास्टो प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा अलगार्ड रङ लगाइन्छ ।

दस वर्षे वारेन्टी रङको प्रयोग विधि
रङ प्रयोगमा जति ध्यान दिइन्छ, त्यति नै टिकाउ हुने भएकाले विधि पुर्‍याउनु आवश्यक छ । यही विधि प्रयोग गरी घर रंग्याउँदा १० वर्षे वारेन्टी हुने विश्वास दिलाइन्छ । यसअनुसार पहिलो कोटमा पियु कोट प्रयोग गरिन्छ । दोस्रो कोटमा डब्लुपी वालपुट्टी प्रयोग गरिन्छ । तेस्रो कोटमा पियु कोटको प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा लङ लाइफ रङ प्रयोग गरिन्छ ।

अनुभवी मिस्त्री
रङ लगाउन वारेन्टी भनेर मात्र नहुने यादव बताउँछन् । पूर्ण वारेन्टीका लागि रङ कम्पनीबाट तालिम प्राप्त पेन्टर आवश्यक पर्छ । कम्पनीबाट रङको डिलरलाई प्रयोग गर्नेसम्बन्धी तालिम र ज्ञान उपलब्ध गराइएको हुन्छ । सोहीअनुसार प्रयोग गरे मात्र त्यसको टिकाउपनको वारेन्टी पाउन सकिन्छ । अर्थात्, रङ लगाउन केही मापदण्ड तोकिएको हुन्छ । सोहीअनुसार प्रयोग गर्नु आवश्यक छ । मापदण्ड वा सही मिश्रण र प्रयोग तरिकामा एकरूपता भए मात्र टिकाउनपन वारेन्टी हुन सक्छ ।

घरको बाहिरी भागमा प्रयोग गरिने रङको मिश्रण
घरको बाहिरी भागमा प्रयोग गरिने विभिन्न रङको संकलन पाइन्छ, जुन रङको ब्रोसर डिलरमा उपलब्ध हुन्छ र इच्छाएको रङ प्रयोग गर्न सकिन्छ । केही कलेक्सनको नाम यहाँ उल्लेख गर्नु सान्दर्भिक छ । जस्तो, नेचुरल्स, येल्लो र ओकर्स, पिचेस र ब्राउन, पिन्क र पर्पल, ब्लु र अक्वा, ग्रिन र लाइम आदि प्रमुख छन् ।

आफ्नो इच्छाअनुसारको रङ छनोटलाई डिलरले घरको नापअनुसार चाहिने आवश्यक रङ मिश्रण गरी तयार गरिदिन्छन् । सो रङलाई अनुभवी पेन्टरबाट प्रयोग गर्नुपर्छ ।

घरको भित्री भागमा प्रयोग गरिने रङको मिश्रण
घरको भित्री भागमा प्रयोग गरिने रङको संयोजन छुट्टै किसिमको हुन्छ । रङको डिलरको सल्लाहबमोजिम छनोट गरी प्रयोग गर्ने सुविधा बजारमा उपलब्ध छ । येल्लो र ओरेन्ज, पिच र ब्राउन, ब्लु र टिल, ओलिभ र ग्रिन, पास्टेल र नेचुरल आदि प्रमुख छन् ।

घरमा रङ लगाउँदा खर्चको कन्जुस्याइँ गरेर केही दिनका लागि मात्र वा टिकाउ नहुने रङको प्रयोग राम्रो मानिँदैन । खर्च कम गर्ने नाममा गरिने कतिपय रङ पुछिने, उजाड हुँदै जाने, खुइलिएर जानेजस्ता समस्या देख्न सकिन्छ । त्यसले भित्ता वा वालको सुरक्षा गर्दैन र रङ लगाउनुको अर्थ पनि रहँदैन । घर रंग्याउनु भनेको घर सजाउनु हो र घरको सुरक्षा पनि गर्ने भएकाले सकभर वारेन्टी भएको रङ प्रयोग गर्नु बृद्धिमानी हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button