No Image Headlineखबर फटाफटदेश

बारको बैठक आज पनि बस्दै, प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्ने

Thrill Factory
Rungta Group

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

आज (शुक्रबार) बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको थियो । तर, राणाले सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button