No Image Headlineअर्थविशेष

तिहारमा वर्षेनि करोडौंको माला आयात, कसरी हुन्छ प्रतिस्थापन ?

Thrill Factory
Rungta Group

हरेक वर्ष तिहारमा नेपालमा उत्पादित फूलले नपुगेर मालाका लागि फूल आयात गर्नुपरेको तीतो यथार्थ रहेको छ । एकातिर कृषिप्रधान मुलुक पनि भन्ने अनि अर्कातिर मुलुकमा हरेक वर्ष विशेष चाडबाडका लागि चाहिने फूलदेखि विभिन्न मसलाहरू आयात गर्ने क्रम भंग हुन सकेको छैन ।

मुलुकमा प्रत्येक वर्ष उपभोग हुने र नभइनहुने फलफूल तथा माला बनाउन प्रयोग हुने फूलको खेती गर्ने प्रचुर सम्भावना छ, तर पनि हरेक वर्ष मालाका लागि आयातित फूलमा नै भर पर्नुपर्ने अवस्था रहनु दुर्भाग्य हो । नेपालले ठूला–ठूला कारखाना बनाएर वस्तु उत्पादनमा लगातलगायत विविध कारणले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसके पनि यस्ता पुष्प एवं फलफूलजन्य वस्तुमा भने प्रतिस्पर्धा पनि कम हुने कारण योजनासहित लगानी गर्दा नेपालले आयातमा भर पर्नु पर्दैन र किसानको लगानी पनि खेर जाँदैन ।

यसमा स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा रहेको किसानलाई सहजीकरण गरेर तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर पनि मौसमी पुष्प तथा फलफूलको खेती प्रवद्र्धन गर्न सकिन्छ । अन्यथा नेपालले कालान्तरसम्म पनि यस्ता वस्तुमा आयातमा भर पर्नु भनेको वास्तवमा नै पीडादायी पनि हो ।

नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, कास्की, रूपन्देही, स्याङ्जा, पाल्पा, तनहँु, दाङ, कैलालीलगायतका अन्य जिल्लामा पुष्प खेती हुँदै आएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर भएको भनिए तापनि तिहारको बेलामा भने हरेक वर्ष आयातमा नै भर पर्नुपरेको छ । यस वर्ष तिहारमा पनि करिब–करिब डेढ करोड रुपैयाँबराबरको साढे २ लाख सयपत्रीको माला आयात हुने भएको छ ।

तिहारमा सयपत्री मालाको खपत धेरै हुन्छ र स्थानीय उत्पादनले तिहारको मालाको माग धान्न सक्दैन । त्यसैले यस वर्ष पनि २ लाख ५० हजार माला आयात हुने फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) ले जानकारी दिएको छ ।

फ्यानका अनुसार तिहारमा यस वर्ष १८ लाख ५० हजार माला खपत हुन्छ । गत वर्ष १५ लाख माला खपत भएको आधारमा फ्यानले पनि हरेक वर्षको बढ्दो मागलाई ध्यानमा राखेर कृषकलाई पुष्प उत्पादनमा प्रोत्साहन गर्नुपर्ने हो । यसपटक कोरोना कहर घटेका कारण पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत मालाको माग बढ्ने अनुमान छ ।

करिब ३ लाख सयपत्री र मखमली माला खपत हुने फ्यानको अनुमान हो । त्यसैले १३ लाख सयपत्री माला स्थानीय उत्पादन भएकाले अपुग साढे दुई लाख माला आयात गर्नुपर्ने देखिन्छ । साथै, यस वर्ष तिहारमा १० करोड रुपैयाँबराबरको मालाको कारोबार हुने अनुमान पनि छ । हरेक वर्षझैं यो वर्ष पनि १५ प्रतिशत अपुग माला छिमेकी मुलुक भारतबाट आयात गरिनेछ ।

व्यवसायीले तिहारमा मालाको खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुकबाट आयात गर्नुपरेको बताए तापनि स्थानीय उत्पादन बढाउन पहल भने गम्भीरतापूर्वक गरेको देखिँदैन । आयात गर्दा स्थानीय उत्पादन खेर जाने र मालाको मूल्यसमेत बढ्ने हुन्छ । त्यसैले यस वर्ष प्रतिमाला ६० देखि ८० रुपैयाँ पर्ने अनुमान गरिएको भए तापनि बजारमा १ सय रुपैयाँ घटीमा माला पाउन मुस्किल हुन्छ । लक्ष्मीपूजाको दिनदेखि तीन दिन बजारमा माला र फूलको खपत बढी हुने गर्छ ।

फ्यानले तिहारलाई लक्षित गरेर हरेक वर्ष पुष्प मेला तथा प्रदर्शनी आयोजना गर्छ । तर, पुष्प व्यवसाय प्रवद्र्धन र बजार विस्तार गर्ने फ्यानको उद्देश्य भने हरेक वर्ष माला आयात गर्नुपर्ने स्थितिका कारण पुरा हुन सकेको छैन । आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ४२ करोड बढीको कारोबार भएको मेलामा आव २०७६/०७७ मा २ अर्ब १५ करोड रुपैयाँको मात्र कारोबार भएको थियो । साथै, गत आव २०७७/०७८ मा कोरोनाका कारण १ अर्ब ६३ करोडको मात्र कारोबार भएको थियो । तर, यसपटक भने कारोबार बढ्ने अपेक्षा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button