खबर फटाफटदेश

नेता हरिनारायण रौनियारको सक्रियता : भारतीय शीर्ष नेतृत्वसँग भेट, नेपाल-भारत सुसम्बन्धमा जोड

Thrill Factory
Rungta Group

पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवम् जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेट गरेका छन् ।

भेटमा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिएका छन् ।

दुई देशबीचको अपसी सम्बन्धलाई थप सुदृढ र परिस्कृत बनाउँदै आपसी हितका विषयमा सहकार्य गरिनुपर्नेमा रौनियारको जोड थियो । सो क्रममा रौनियारले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

सत्तासीन भारतीय जनता पार्टीका प्रभावशाली नेता सिंह सँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र नेपाल र भारतबीच केही समस्या देखिए पनि विश्वासमा आधारित सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको रौनियारले जानकारी दिए ।

रौनियारले भारतीय जनता पार्टी नेता विजय जौलीसँग पनि भेट गरेका छन् । त्यसैगरी भारतका पूर्वकेन्द्रीय स्वास्थ्यमंत्री तथा भारतीय जनता पार्टीका नेता डा. हर्षवर्धनसँग पनि भेट भएको रौनियारको सचिवालयले जनाएको छ । त्यस्तै भ्रमणका क्रममा भारतीय नेता कर्ण सिंहसँग पनि भेट गरेका छन् ।

ती भेटका क्रममा नेता रौनियारले नेपाल भारत सीमा क्षेत्रको सापेक्ष विकास, सीमानाका पूर्वाधारहरुको सुधार र स्तरोन्नति, पर्सा क्षेत्र नम्बर ३ को विकासलगायतका समसामयिक आर्थिक तथा सामाजिक सरोकारहरुको सहकार्यका लागि भारतीय नेताहरुलाई आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

भेटमा भारतीय नेताहरुले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको र आपसी सहकार्य र साझोरीको निरन्तरतामा प्रतिबद्धता व्यक्त गरेको पनि नेता रौनियारले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button