No Image Headline
पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या २८ पुग्यो

पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीमा परेर परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । बिहीबार साँझ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको हो ।
सोमबार रातिदेखि मंगलबार बिहानसम्म जिल्लाको मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएका २७ जनाको सनाखत बिहीबार नै भएको थियो ।


मिक्लाजुङ गाउँपालिकामा ४ र फिदिम नगरपालिकामा २ गरी ६ जना अझै बेपत्ता छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार घाइतेको संख्या ९ पुगेको छ । घाइतेमध्ये ४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि धरान पठाइएको छ भने बाँकी ५ जनाको स्थानीय अस्पतालमा उपचार हुँदैछ ।