No Image Headlineअर्थमुख्य खबर

वीरगञ्जमा कात्तिक ५ गते हुने महिला उद्यमी सम्मेलनको तयारी पूरा, सम्मेलन मोफसलमै पहिलो पटक

Thrill Factory
Rungta Group

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा कात्तिक ५ गते वीरगञ्जमा नेपाली महिला उद्यमी सम्मेलन आयोजना भएको छ ।

आयोजकले बुधबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।एनवाईईएफको विज्ञप्तिमा मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन गइरहेको सम्मेलनले महिला उद्याशीलता प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।


सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीबाट हुन जनाइएको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् ।

उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने आयोजकले बताएको छ । उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्राय भएको एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘ जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना हामीले अपेक्षामा राखेको विकास सम्भव छैन । आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्यअनुसार महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरुको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।’


१०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।

उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने छ । सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् ।

उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्दछन् भने स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने आयोजकको दाबी छ । सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिने बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button