No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : ३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३, टर्कीमा २४ हजार ११४, अमेरिकामा १७ हजार ९४७, भारतमा १४ हजार २८९ र ब्राजिलमा ५ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ४ हजार २३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९९७, टर्कीमा १८६, भारतमा १६५, अमेरिकामा १६१, ब्राजिलमा १२५ र बेलायतमा ५७ जना छन् ।

२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

निको हुनेमा बेलायतमा ३६ हजार ७०४, टर्कीमा २४ हजार ४०३, अमेरिकामा २२ हजार २५२, भारतमा १९ हजार ५७८, रुसमा १८ हजार ७१७ र बेलायतमा १० हजार ५५७ जना छन् ।

योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१ करोड ८६ लाख ८२ हजार ६६४ पुगेको छ भने ४९ लाख १३ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या २४ करोड १४ लाख ५६ हजार ३१ जना पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button