खेल संसार

नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने

नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ ।

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

नेपालले लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button