अन्तराष्ट्रिय

नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु

Thrill Factory
Rungta Group

नर्वेमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।  नर्वेको कग्सबर्ग सहरमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै २ जना घाइते भएका छन् ।

कग्सबर्गका प्रहरी प्रमुख ओविन्द आसका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । सन्दिग्ध व्यक्तिले एक्लैले आक्रमण गरेको जनाइएको छ ।

रिपोर्ट अनुसार आक्रमणकारीले धेरै ठाउँमा मानिसहरुलाई आक्रमण गरेका थिए । नर्वे एक धेरै शान्तिपूर्ण देश मानिन्छ र त्यस्ता हमलाहरु सामान्यतया त्यहाँ हुदैनन् । यो आतङ्कवादी हमला वा आपसी दुश्मनी हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button