कला/साहित्य

‘रंगीला’मा जेकीको ‘गञ्जी’ लगाएर नाचेकी थिइन् उर्मिला

Thrill Factory
Rungta Group

बलिउड अभिनेत्री उर्मिला मातोडकरले बलिउडमा कैयौं फिल्ममा अभिनय गरिन् । तर २६ वर्ष पछि पनि उनलाई उनको सुपरहिट फिल्म ‘रंगीला’का लागि ‘रंगीला गर्ल’का रुपमा चिनिन्छ ।

यो फिल्ममा उर्मिलाको अभिनय र उनको सौन्दर्यताले दर्शकको हृदयमा गहिरो छाप छोडेको छ । हालैमात्र उर्मिलाले जी कमेडी शोमा यो फिल्मसँग जोडिएको एक किस्साको खुलासा गरेकी छन् ।

उर्मिलाका अनुसार यो फिल्मको गीत ‘तन्हा तन्हा’मा उनले अभिनेता जेकी श्राफको ‘गञ्जी’ लगाएकी थिइन् । ‘यो सिक्वेन्स युनिक बनाउनुथियो । हामीले यसलाई नेचुरल बनाउनु थियो । हामीलाई गीतको लागि चाहिने पहिरनको कुरा हुँदा जेकीले मलाई आफ्नो गञ्जी लगाउनु भनेका थिए’, उर्मिलाले भनेकी छन् ।

उर्मिलाले आफूले अप्ठ्यारो मान्दै जेकीको ‘गञ्जी’ लगाएको बताएकी छन् । ‘मैले उसको गञ्जी लगाएँ र सबै कुरा भगवानलाई छोडिदिएँ । त्यो गीतबाट मैले धेरै माया पाएँ’, उर्मिलाले खुलाएकी छन् ।

यो गीतमा उर्मिला एक लामो गञ्जी लगाएर समुन्द्रको किनारमा स्लो मोसनमा दौडिएकी छन् । उनको यो ग्ल्यामरस लुक्स निकै कमालको देखिएको थियो । गीतमा उनको पहिरन निकै नेचुरल बनाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button