No Image Headlineअर्थ

निफ्राको लाभांश संशोधन, बोनस दिएर चुक्ता पुँजी २१ अर्ब ६० करोड पुर्‍याउने

Thrill Factory
Rungta Group

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यसअघि प्रस्ताव गरिएको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनानुसार लाभांश परिमार्जन गरिएको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बैंकले त्यसलाई संशोधन गर्दै बोनस सेयर पनि प्रस्ताव गरेको छ ।

बैंकले ८ प्रतिशतले हुन आउने एक अर्ब ६० करोड बराबरको बोनस सेयर र कर प्रयोजनको लागि आठ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button