No Image Headlineअर्थ

शुरु भयो शेयर बजारमा लगानीको प्रतिफलको लहर : कुन कम्पनीले कति दियो ?

Thrill Factory
Rungta Group

काठमाडौं -पूँजीबजारका लगानीकर्ताले चालू आर्थिक वर्षको लागेसँगै आफ्नो लगानीको प्रतिफल गणना शुरू गर्छन् ।

सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताले कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरणलाई नै आधार मानेर आफ्नो लगानीको प्रतिफल गणना गर्छन् ।

वर्षभरिको लगानी प्रतिफल भिœयाउने समय भएकाले पनि अन्य बेलाभन्दा यो बेला लगानीकर्ता अझ बढी संयमित भएर कारोबारमा सहभागी भएको पाइन्छ । यतिबेला कतिपय सूचीकृत कम्पनीहरूले गत वर्षको मुनाफाबाट धमाधन लाभांश प्रस्ताव गरिरहेका छन् भने कतिपयले प्रस्तावित लाभांश पारित गरिसकेको अवस्था छ ।

गत वर्षको मुनाफाबाट हालसम्म सिनर्जी पावर, अरुण काबेली पावर, रुरु जलविद्युत् परियोजना, अपि पावर, ङादी ग्रुप र नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् ।

यी कम्पनीसँगै धेरैजसो म्युचुअल फण्डहरूले लाभांश प्रस्ताव गरी बाँडफाँटसमेत गरिसकेका छन् । प्रविधिको विकाससँगै पछिल्ला केही वर्षदेखि वार्षिक साधारणसभा सम्पन्न भएको दिनदेखि नै कतिपय कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने गरेका छन् ।

शेयर बजारमै लगानी गरी यसैबाट प्राप्त हुने प्रतिफललाई आम्दानीको स्रोत बनाएका लगानीकर्ताले भने दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरे आफूहरूलाई चाडपर्वमा सहज हुने जानकारी दिएका छन् । ३ दशकभन्दा बढी समय पूँजीबजारमै सक्रिय लगानीकर्ता डम्बरुबल्लब घिमिरेले यो वर्ष कुनै पनि वाणिज्य बैंकहरूले दशैंअघि वार्षिक साधारणसभा सम्पन्न नगर्दा खर्च जोहो हुन नसकेको गुनासो गरे ।

केही वर्षअघि कतिपय वाणिज्य बैंकहरूले दशैं, तिहारलाई लक्षित गरी लाभांश वितरण गरेको स्मरण गर्दै उनले यस वर्ष यो सम्भावना टरेको बताए ।

अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पनि दशैंअघि केही वाणिज्य बैंकहरूले लाभांश दिने आस रहे पनि त्यो निराशामा बदलिएको बताउँछन् । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपछि कतिपय बैंकहरूले शेयरधनीलाई चाडपर्व लक्षित गरी समयमै लाभांश दिने गरेको उनी सुनाउँछन् ।

सूचीकृत सबै कम्पनीमा लगानी रहेकाले कुनै न कुनैबाट दशैंअघि लाभांश पाए खर्च टर्ने उनले बताए । यो समाचार तयार गर्दासम्म सूचीकृत २६ मध्ये ७ वाणिज्य बैंहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ«े बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले यस वर्ष दशैंअघि नै लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यीमध्ये माछापुच्छे« बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

माछापुच्छ्रे बैंकले उक्त सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक कलोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनी मात्र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले साधारणसभाको मिति हालसम्म तय नगरे पनि असोज २२ गते आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बुक क्लोजको आधामा असोज २० गतेसम्म कायम शेयरधनीले सिटिजन्स बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हिमालयन बैंकसँगै मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांशसहित कुल १७ दशमलव ८९ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांशसहित कुल १६ प्रतिशत, माछापुच्छ«े बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशसहित कुल १४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांशसहित कुल १३ दशमलव शून्य ६ प्रतिशत र कुमारी बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हालसम्म सार्वजनिक वाणिज्य बैंकहरूको लाभांशमध्ये कुमारी बैंकको लाभांश सबैभन्दा कम रहेको छ । यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ ।

यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button