देशमुख्य खबर

बालुवाटार बैठक : आज पनि हुन सकेन मन्त्रिपरिषद् विस्तार

Thrill Factory
Rungta Group

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो । स्रोतका अनुसार अब शुक्रबार मन्त्रिपरिषद् विस्तार हुनेछ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसकेका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने यसअघि नै सहमति भइसकेको छ ।

माओवादीले आफ्नो भागमा परेका मन्त्रीको नाम टुंगो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादीको आजको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

यसैबीच बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button