अर्थ

सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’

Thrill Factory
Rungta Group

काठमाडौ-लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ ।

बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा समूह ४०७ अंकले बढेको छ भने लघुवित्त २९६ र जीवन बीमा २५७ अंकले बढेको छ । विकास बैंक २२४ अंकले उक्लिएको छ ।

१३ कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ । बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास लघूवित्त, नयाँ सारथी,  मिथिला लघुवित्तलगायतको सेयरमा पोजेटिभ ‘सर्किट’ लागेको छ ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button