No Image Headlineखबर फटाफटदेश

१ हजार ४३ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६५ जनाको पीसीआर परीक्षणमा ८४९ र ४ हजार ३०० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट  ८९१जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button