No Image Headlineअर्थखबर फटाफट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

Thrill Factory
Rungta Group

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त  भएका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले  बताए । यसअघि नै अर्थमन्त्रालयले निलम्बन गरेका उनलाई गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । उनले भने गत आइतवार सरकारलाई स्पष्टीकरण बुझाएका थिए ।

सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो ।उक्त कम्पनीको भित्री शेयर कारोबारमा संलग्न रहेको आरोपका सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझाबका आधारमा सरकारले उनलाई बखास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले बोर्डको नयाँ अध्यक्ष नियुक्तीबारे अर्को निर्णय भने नगरेको स्रोतले बताएको छ ।

कम्पनीको शेयर गैरकानूनी रूपमा किनेको आरोपमा उनी निलम्बनमा थिए। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत उनलाई दोषी ठहर गर्दै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

उक्त कम्पनीको  शेयर खरीद प्रकरणमा जोडिएका नेप्सेका पूर्वप्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button