खेल संसार

साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ३-२ गोलले हरायो

Thrill Factory
Rungta Group

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

गए राति भएको खेलमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका हुन् । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक-एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १३ (असोज २७) मा बंगलादेशसँग खेल्नेछ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button