अन्तराष्ट्रिय

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा

Thrill Factory
Rungta Group

काठमाडौं- ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् । ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट  ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रकाे रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाइ छ ।

ब्राजिलको रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button