No Image Headlineदेश

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, प्रमुख प्रतिपक्षी एमालेले गर्‍यो बहिस्कार

Thrill Factory
Rungta Group

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए । यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् ।

यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button