अन्तराष्ट्रिय
इक्वेडरको कारागारमा झडप, २४ जनाको मृत्यु

एजेन्सी- इक्वेडरको एक कारागारमा भएको झडपमा कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ ।
कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।


घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।