देशमुख्य खबर

प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक : सहमति नजुट्दा धकेलिँदै मन्त्रिपरिषद् विस्तार

Thrill Factory
Rungta Group

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक डाकेका छन् ।

देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए ।

जवाफमा दाहालले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्री हुनेको नाम दिने बताएका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनार्इ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत विहीबार, नभए शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५(५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । मन्त्रिपरिषद् विस्तारमा ढिलाईले सरकारका कामकारवाही प्रभावकारी हुन सकिरहेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button