खेल संसार
साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो ।



नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक खेल बराबरी एक खेलमा नेपाल पराजित भएको थियो ।



साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।


