कला/साहित्य

प्रतिक्षा ‘मिस नेपाल युएस २०२१’

Thrill Factory
Rungta Group

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा भएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । गत शनिबार भएको फिनालेमा उनले १० प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।

प्रतियोगितामा कला न्यौपाने ‘फष्ट रनर अप’ र अलिशा लिम्बु ‘सेकेण्ड रनर अप’ घोषित भए । दशौं संस्करणको यो प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा इप्लानेट प्रालीका सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button