No Image Headlineअन्तराष्ट्रिय

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए

Thrill Factory
Rungta Group

काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ जना संक्रमित थपिएका हुन् । ब्राजिलमा भने ७ हजार ८८४ जना मात्रै संक्रमित फेला परेका छन् ।

यही अवधिमा ५ हजार ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । अमेरिकामा ६११ जनाको मृत्यु हुँदा रुसमा ७७८ जनाको ज्यान गइसकेको छ ।

यसैगरी भारतमा २५१, ब्राजिलमा २४८ र बेलायतमा ४९ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button