No Image Headlineदेश
सरकारले गर्यो एकै पटक ८५ सहसचिवको सरुवा

काठमाडौँ– सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो ।



सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।



सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।



प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।