No Image Headlineखबर फटाफटदेश

कोरोना संक्रमित र निको हुने बराबर, २४ घण्टामा १९ जनाको ज्यान गयो

काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Printo Pack

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Snow
Forest

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button