खेल संसार

६ मिनेटको अन्तरालमा तीन गोल

Thrill Factory
Rungta Group

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।

५३ औँ मिनेटमा मी ले गरेको गोलबाट बर्नलीले सुरुवाति अग्रता लिएको थियो । तर त्यसपछि एभर्टनले पुनरागमन गरेको हो ।

एभर्टनका लागि किनले ६० औँ, टाउनसेण्डले ६५ औँ तथा ग्रेले ६६ औँ मिनेटमा गोल गरेका हुन् । एभर्टनले ६ मिनेटको अन्तरालमा तीन गोल गरेर जित दर्ता गरेको हो । चार खेलबाट १० अंकसहित एभर्टन चौथो स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button