स्वास्थ्य/जिवनशैली

यस्ता छन् ग्याष्ट्रिकका कारक खानेकुराहरू

Thrill Factory
Rungta Group

जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसित भएकै हुनुपर्छ।

मुखमा अमिलो पानी उलुक उलुक आउने, पेटको माथिल्लो भाग र छातीको तत्लो भागमा हल्का दुख्ने, छाती पोल्नेहरू जस्ता लक्षण देखिने यो रोग पेटको हाईड्रोक्लोरिक एसिड खाना नली हुदै मुखतिर उक्लिदा देखापर्ने गर्दछ।

हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित यो रोग अम्ल कारक खानेकुराहरूको सेवनले गर्दा हुने गर्दछ। खानपानमा पहरेज र जीवनशैलीमा सुधार नै यस रोगको मूख्य उपचार हो।

१. तारे भूटेको खानेकुराः
उच्चमात्रामा तेल हालेर तारे भुटेका खानेकुराहरूको सेवनले अम्लपित्तको जोखिम बढाउँदछ। तारे भूटेका खानेकुराहरूमा उच्चमात्रामा तेल हालिएको हुँदा चिल्लो पदार्थले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिल गराएर पेटमा भएको हाईड्रोक्लोरिक एसिड अन्न नलीतिर आउँदा अम्लपित्तको समस्या देखा पर्दछ। यसैगरि चिल्लो खानेकुराले कोलेसिष्टोकाईनिन नामक हार्मोनको उत्सर्जन गराउने र यो हारमोनले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिल गरिदिन्छ र अम्लपित्त गराउँदछ।

२. सशेजः
माशुलाई प्रशोधनगरि उच्चमात्रामा नुन, तेल, मशाला हालेर बनाईएको रोललाई सशेज भनिन्छ। सशेजमा हालिएको नुन, तेल, मसला उच्च अम्लपित्त कारक छन्। यी खानेकुराहरूको सेवनले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिल गरिदिने, एसिड उत्पादनलाई बढाउने र पेट एवं अन्न नलीमा जलन पैदा गर्ने हुँदा अम्लपित्त बढ्दछ।

३.मसलादार खानेकुराहरूः

मसलाहरू उसैत पेटको स्वास्थ्यको लागि अत्यन्त राम्रो मानिन्छन तर जब मसलालाई तेलमा पकाउने, तार्ने र भुट्ने गरिन्छ त अम्लपित्त कारक बन्दछ। मसलामा क्यापसाईसिन नामक तत्व पाईन्छ जसलाई अम्लपित्त कारक तत्व मानिएको छ।

४. चकलेटः
चकलेटको सेवन पनि अम्लपित्त कारक खानेकुरा हो। यसको सेवन पश्चात पनि तल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने र आमशयको एसिड अन्ननलीतिर आउने हूँदा अम्लपित्त बढ्ने गर्दछ। यसैगरि चकलेटमा बन्ने कोकामा खुशीकारक हारमोन सेरोटोनिन, थियमेब्रोमाईन र क्याफिन जस्ता तत्वहुने हुँदा यी तत्वहरूले पनि तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल बनाईदिन्छ र अम्लपित्त गराउँदछ।

५.अमिला फलफूलहरूः
कागती, अङ्गूर, निबुवा, सून्तला, भोगटे, बयर जस्ता अम्लिय फलफूलका सेवन गर्दा पनि अम्लपित्त बढ्दछ।

६. खोर्सानीः
खोर्सानीको सेवनगर्दा पनि अम्लपित्तको समस्या हुने गर्दछ। खोर्सानी आफैँमा तक्षण प्रकृतिको खानेकुरा भएले एसको सेवनपश्चात पेटमा जलन, एसिडिटी र अपच अजिर्णताको समस्या हुने गर्दछ।

७. नुनः
धेरै नुन हालिएको खानेकुरा हरूको सेवनले पनि अम्लपित्त बढ्दछ।

८. प्याजः
काँचो प्याको सेवनले पनि अम्लपित्त बढ्दछ भने प्याज हालेर तारे भूटेका खानेकुरा हरूको सेवनगर्ने गर्दा अम्लपित्त बढ्दछ। प्याजले अम्लपित्त गराउनुमा यसमा विद्यमान फर्मेन्टेवल रेशालाई जिम्मेदार ठहर्‍याईएको छ।

९. रक्सीः
रक्सी पनिअम्लपित्त कारक पेय हो। रक्सीको सेवन पश्चात तल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने, हाईड्रोक्लोरिक अम्लको उत्पादन बढ्ने र रक्सी आफैँले पनि अन्ननली एवं पेटको भित्रीपत्रमा जलन पैदा गर्ने हुँदा पेट दुख्ने एवं अम्लपित्त बढे गर्दछ।

१०. चिया–कफीः
चिया र कफीको सेवन पश्चात पनि तल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने हुँदा पेटको एसिड अन्ननलीतिर बढ्नजाँदा छाती पोल्ने र अमिलो पानीआउने समस्या देखा पर्दछ।

११. सफ्टड्रिङ्कः
कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, स्प्राईट र डियू, जस्ता शितल पेयको सेवनले पनि अम्लपित्त बढ्दछ। सफ्ट ड्रिङ्कले अम्लपित्त बढाउनुमा यसले पेट एवं अन्ननलीको भित्रिपत्रलाई जलाउने, तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल गराउने, र एसिड उत्पादनलाई बढाईदिने जस्ता कारणहरू पहिचानमा आएका छन।

१२. दूधः
दूधको सेवनलाई पनि अम्लपित्त कारक मानिएको छ। दूधले पेटमा एसिड उत्पादन बढाईदिने र उच्चचिल्लो भएको दूधले धेरै अम्लपित्तगर्ने पाईएको छ।

१३. पनिरः
पनिर पनि अम्लपित्त कारक खानेकुरा हो। पनिरको सेवनले तल्लो ईशोफजियल स्फीनेक्टर शिथिल बन्न्ने, एसिड उत्पादन नै उच्च हुँने र पेटमा जलन पैदा हुने हुँदा अम्लपित्त बढ्दछ।

१४. प्रशोधित खानेकुराहरूः
जङ्कफूडको नामले चिनिएका प्रशोधित खानेकुराहरूको सेवनले पनि अम्लपित्त बढ्दछ। प्रशोधित खानेकुराहरूमा विशेषतः खाद्य रेशा झिकिएको र अन्यप्राकृतिक गुणधर्म पनि नष्ट गरिएको हुँदा एसिड उत्पादन ज्यादा गराउने, तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल बनाउने जस्ता समस्या निम्त्याएर अम्लपित्त गराउँदछ।

१५. पुदिनाः पुदिनालाई पेटको लागि अत्यन्त राम्रो जडिबुटी मानिन्छ तर अम्लपित्त र एसिडिटीको सम्बन्धमा भने यो वनस्पतिलाई त्यत्ति राम्रो मानिदैन। अनुसन्धानले दर्शाए अनुरूप पुदिनाले तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिलबनाई दिने र अन्ननलीको भित्रीपत्रमाजलन समेत गर्ने हुँदा अम्लपित्त हुन्छ। डा. हेमराज कोइराला 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button