No Image Headlineखबर फटाफटदेशमुख्य खबर

१ हजार ६७७ कोरोना संक्रमित थपिए, २१ को मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौ–नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार १११ जनाको पीसीआर परीक्षणमा१ हजार ४२३ र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button