अन्तराष्ट्रिय
भारतमा थपिए ३० हजार १८४ संक्रमित, २९० संक्रमितको मृत्यु

काठमाडौ– भारतमा थप ३० हजार १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ५७ हजार ३२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९८ हजार ७८३ जना संक्रिय संक्रमित छन् ।


यस्तै त्यहाँ एकैदिन २९० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७५ पुगेको छ ।