खबर फटाफटमुख्य खबर

२४ घण्टामा कोरोनाका १ हजार ८९७ संक्रमित थपिए, २० जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button