No Image Headlineदेशमुख्य खबर

एमसीसी पारित गर्ने गृहकार्यमा सरकार, अस्पष्ट ११ बुँदामा प्रष्ट गर्न अमेरिकालाई पत्र

Thrill Factory
Rungta Group

काठमाडौं-सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ ।

सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई पत्र लेखेको हो । एमसीसीका उपाध्यक्ष नेपाल आउने पूर्वसन्ध्यामा नेपालले अस्पष्ट बुँदा प्रष्ट गर्न भन्दै पत्र लेखेको हो ।

सम्झौतामा प्रष्ट नभएका कतिपय बुँदाबारे अर्थ मन्त्रालयले एमसीसीलाई पत्राचार गर्दै जवाफ मागेको हो ।

अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अरु सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको भन्ने जिज्ञासा सरकारको छ ।

यसैगरी, परियोजनाको लेखापरीक्षण हुने स्थान तथा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हो वा होइन भन्ने प्रश्न पनि छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार बिहीवार काठमाडौं भ्रमणमा आउनुपूर्व सरकारले अस्पष्ट विषयमा जवाफ मागेको हो ।

एमसीसी नेपाली सुरक्षा र सार्वभौमिकतामाथि नै खतरा हुनसक्ने भन्दै सत्ता गठबन्धन कै केही दलका नेताले यसअघि संशोधन बिना पारित गर्न नसकिने भन्दै आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button