No Image Headlineअर्थ

कानुनविपरीत आफन्तको नाममा सेयर खरिद गरेको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

Thrill Factory
Rungta Group

काठमाडौं-सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै उनले गरेको भनिएको सेयर कारोबारबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

बोर्ड अध्यक्ष ढुंगानाले कानुनविपरीत आफन्तको नाममा सेयर खरिद गरेको विषयमा छानबिन गर्न समिति गठन भएको हो । धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

सो उपदफाअनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पु¥याई बोर्डको हित वा पुँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेको छ ।

यसअघि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका पदाधिकारीमाथि आवश्यक छानबिन गरी कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिएको थियो ।

बुक बिल्डिङ विधिबाट सेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाको छोरी र नेप्सेका सीईओ साउदको श्रीमतीले खरिद गरेको भन्दै समितिले यसअघि ढुंगाना र साउदलाई बोलाएर छलफल गरेको थियो ।

छलफलपछि समिति बैठकले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको देखिएको भन्दै आवश्यक छानबिन गरी कारवाही बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सीईओ साउदले राजनीनामा गरिसकेका छन् ।

त्यसअघि नै अर्थ मन्त्रालयले दुवैलाई स्पष्टीकरण सोधेको थियो । यस्तै, सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button