No Image Headlineदेश

कांग्रेस महाधिवेशन : पौडेल पक्षमा साझा उम्मेदवारको खोजी, वीरबलको खिचडी

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले आगामी १४ औँ महाधिवेशनका लागि बुधबार पनि साझा उम्मेदवार बनाउन सकेनन् ।

महाधिवेशनको मिति नजिकिएसँगै साझा उम्मेदवार बनाउन छलफल जारी राखे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् । पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षीसमेत रहेका छन्। पौडेल आफैं अध्यक्षका बलिया आकांक्षी हुन् ।

बैठकमा १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।

उनले भनिन्, ‘कसरी महाधिवेशन सफल बनाउने, राम्रो सन्देश दिने विषयमा सबैले आ-आफ्नो धारणा राख्नुभयो, पार्टी एकताको सन्देश दिनुपर्‍यो भन्ने विषयमै छलफल भयो ।’

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाएर संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन् ।

क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्ने नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए ।

उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने , ‘ सकरभर साझा उम्मेदवार बनाएर निर्विरोध भए राम्रो, नभएर विचार मिल्नेहरु एक भएर जानुपर्छ भन्ने हो ।’

नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउँदै सबै एक भएर जानु पर्ने महतको भनाइ थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button