अर्थ

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको तयारी

Thrill Factory
Rungta Group

काठमाडौं-महिला उद्यमीहरु र महिलाहरुले सञ्चालन गरेका व्यवसायहरु विश्वब्यापी रुपमा निरन्तर दिन महामारीले भर्चुअल बजार र अनलाइन बजारीकरणको सुरुवात गरेसँगै यस वर्ष महासघंले अनलाइन भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ ।

सन् २०२० मा कोभिड–१९ को महामारी तीव्ररुपमा फैलिएका कारण भौतिक रुपमा सम्पूर्ण बजार बन्द भएकाले गर्दा महिला उद्यमीहरुलाई बजारीकरणमा थप चुनौतिहरु थपिएकाले भर्चुअल व्यापार गर्न लागेको जनाएको छ ।

कोरोना महामारीको सुरुवातदेखि उपभोक्ताको सामग्री खरिद गर्ने आचरणमा परिवर्तन आएकाले बिक्रेताले छिट्टै समयानुकुल रणनीति परिर्वतन गरी भौतिक बजारको सट्टा डिजिटल बजारलाई स्थान दिँदै आफ्नो घाटालाई न्यूनिकरण गर्नमा सहयोग पुग्ने विश्वास लिएको छ ।

मुख्यतः प्राविधिक तथा डिजिटल प्रविधिहरुको जानकारी तथा ज्ञानको अभावमा डिजिटल बजार रुपान्तरण गर्न सकिएको छैन । त्यसकारण यी समस्याहरुबीच महामारीले भर्चुअल बजार र अनलाइन बजारीकरणको सुरुवात गरेसँगै यस वर्ष महासघंले अनलाइन भर्चुअल व्यापार मेला आयोजना गर्न लागेको जनाएको छ ।

विगत ४ वर्षदेखि महिला उद्यमी महासंघ नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय महिला व्यापार मेला काठमाडौंमा सञ्चालन गर्दै आएको थियो । अनपेक्षित कोभिड–१९ को महामारीका कारण सन् २०२० मा विगतका वर्षहरुमा झैं भौतिक उपस्थितिमा व्यापार मेलाको सम्पन्न गर्न नसकिएकाले भर्चुअल वेविनार तथा प्रदर्शनीहरुको सञ्चालन गर्ने सुरु गरेको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button