No Image Headlineदेश

काबुलमा अझै ३४ जना नेपाली उद्धारको पर्खाइमा

Thrill Factory
Rungta Group

काठमाडौ– अफगानिस्तानबाट थप ९ जना नेपालीलाई उद्धार गरेर बुधबार काठमाडौं ल्याइएको छ । उनीहरु बुधबार बिहान कतारबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिन अगाडि उनीहरुलाई अफगानिस्तानबाट उद्धार गरेर कतार पुर्याइएको थियो । उनीहरुलाई बुधबार कतार एयरको विमानबाट काठमाडौँ ल्याइएको हो ।

हालसम्म अफगानिस्तानबाट ८४७ जना नेपालीको उद्धार गरिएको परराष्ट्रले जनाएको छ । यस्तै अझै काबुलमा ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

मंगलबार अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फर्किएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल तालिबानले नियन्त्रणमा छ । अझै हजारौं विदेशी नागरिक अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुल विमानस्थल तालिबानको कब्जामा गएपछि उनीहरुको उद्धार कसरी हुन्छ भन्ने विषयमा अन्योल देखिएको छ । नेपालीहरुको उद्धारबारे परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘अफगानिस्तानमा हाम्रो दूतावास छैन । हाम्रा नागरिकहरुको उद्धारका लागि सबै विकल्पमा हामी छलफल गरिरहेका छौंँ ।’

अमेरिकाले पनि आफ्ना केही नागरिक काबुलमै रहेको र उनीहरुको उद्धारका लागि तालिबानसँग सम्पर्कमा रहेको जनाएको छ । तर, नेपालले भने यो विषयमा केही बताएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button