No Image Headlineअन्तराष्ट्रिय

विश्वभर २१ करोड ८४ लाख कोरोना संक्रमित, ४५ लाखभन्दा बढीको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं– विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार ९५३ छ । यसमध्ये १ लाख ६ हजार २०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७५ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ५३ लाख ११ हजार ९५८ पुगेको छ ।

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ३२ हजार ३८७ नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ८०६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ३२ हजार ३८७ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २७ हजार ९०८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार १८७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५७ हजार ८६३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८० हजार ५२५ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ३९ हजार ५४ संक्रमितको मृत्यु भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button