No Image Headlineदेशमुख्य खबर

सत्तारुढ गठबन्धनबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

Thrill Factory
Rungta Group

काठमाडौ– सत्तारुढ गठबन्धनका दलहरुबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सोमबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने चर्चाका बीच सोमबार बिहान सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।

बैठकले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने सहमति गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

यस्तै बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले पनि मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताए ।

तर, मन्त्रालयबारे टुंगो भने नलागेको उनले बताए । उनका अनुसार शीर्ष नेताहरु फेरि बैठक बसेर मन्त्रालयबारे पनि टुंगो लगाउने छन्।

यस्तै बैठकमा गत साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका विषयमा पनि सत्तारुढ गठबन्धनमा छलफल भएको छ ।

सो प्रकण छानबिनका लागि गृह मन्त्रालयका सहसचिबको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलको बैठकमा पनि यो विषयमा छलफल भएको हो । गठबन्धनका नेताहरुले यो प्रकरणमा आफ्नो अडान स्पष्ट पार्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button