खबर फटाफटदेशमुख्य खबर

अझै दुई दिन वर्षा हुने, बाढीपहिरो र डुबानको जोखिम उच्च

Thrill Factory
Rungta Group

काठमाडौ मनसुनी वायुको प्रभावले अझै दुई दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै बिहीबारदेखि जारी वर्षा कम्तीमा सोमबारसम्म कायमै रहने मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मानन्धरको भनाइ छ । दुई दिनयता यो वर्षकै धेरै वर्षा मापन गरिएको मौसमविद्ले जनाएका छन् ।  सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ ।

यस्तै रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । ती क्षेत्रमा डुबानको पनि समस्या देखिएको छ । आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ । निरन्तर वर्षा भइरहने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको एवं पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै- थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button