अन्तराष्ट्रिय

काबुल विमानस्थल बाहिर भएको विस्फोटमा अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएको छ ।

विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको छ । दुई वटा विस्फोटमा उनीहरुको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तानको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मा जिहादी समूहले लिएको छ । विस्फोटबाट उनीहरुको ज्यान गए पनि हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने।

उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ‘हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ ।’

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।

त्यसको केही समय पछि गोली चलेको आवाज आएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको थियो ।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button