अर्थप्रदेश

प्रदेश २ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा पनि पछाडि

Thrill Factory
Rungta Group

वीरगञ्ज-प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा प्रदेश २ सबैभन्दा पछाडि देखिएको छ ।

कार्यक्रम निर्देशक सुमन घिमिरेका अनुसार सबैभन्दा कम रोजगारी दिनेमा प्रदेश २ रहेको छ । १३६ स्थानीय तहमध्ये १११ वटाका १ हजार ७४० आयोजनामा १३ हजार ९५३ जनाले औसतमा ६० दिन रोजगारी पाए । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३७ हजार जना भन्दा बढीले ७७ दिन रोजगारी पाएका छन् ।

कार्यक्रम निर्देशक घिमिरेका अनुसार सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहमध्ये ८५ वटामा २ हजार ५७५ आयोजनाको काम भएको छ । यसमा ३७ हजार १८० जनाले औसतमा ७७ दिन रोजगारी पाए ।

दोस्रोमा प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा २ हजार ८३६ आयोजनामा काम भएको छ । यसमा २८ हजार ३५६ जनाले काम पाए । औसतमा एक जनाले ७३ दिन काम पाए ।

तेस्रोमा कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ७५ वटामा २ हजार ६८ आयोजनाको काम भयो । यसमा २९ हजार ११५ जनाले औसत ७५ दिन कम पाए ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १०७ वटामा २ हजार ८३४ आयोजनाको काम भयो । यसमा २६ हजार ८२२ जनाले औसत ७४ दिन रोजगारी पाए । वागमती प्रदेशका ११९ स्थानीय तहमध्ये ११२ वटाका २ हजार ६४२ आयोजनामा २५ हजार ५१७ जनाले औसत ७१ दिन रोजगारी पाए । ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८१ वटाका एक हजार ६६३ आयोजनामा १४ हजार १७ जनाले औसत ७२ दिन रोजगारी पाए । प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ फागुन १ गते शुरू भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button