No Image Headlineदेशमुख्य खबर

टुंगियो कांग्रेस क्रियाशील सदस्यतासम्बन्धी विवाद, देउवालाई प्रतिवेदन बुझाउने तयारी

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको दाबी गरेका छन् ।

बारा, सप्तरीलगायतका ६ जिल्लासहित एक सय वडामा रहेको क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटकपटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ ।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् । विवाद समाधान प्रतिवेदन आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी छ । अपरान्ह ५ बजे प्रतिवेदन बुझाउने तय भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button