खबर फटाफटदेश

सभापतिमा मेरो उम्मेद्वारी रहन्छ : प्रकाशमान सिंह

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

काठमाडौँको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए । उनले आमजनताको दु:खमा मलमपट्टी लगाउनको लागी भए पनि आफु कांग्रेस सभापति बन्नु पर्ने बताए ।

उनले भने, ‘आम जनताको दु:खमा मलमपट्टी लगाउनको लागी भए पनि म कांग्रेसको सभापति बन्नुपर्छ। सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कम्जोर अवस्थामा पुगेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button