अर्थ

३२०० विन्दु नजिक नेप्से परिसूचक

Thrill Factory
Rungta Group

काठमाडौं -साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३ हजार २०० विन्दु नजिक पुगेर बन्द भएको छ ।

यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव २१ प्रतिशत बढेर ३ हजार १९८ दशमलव ६० विन्दुमा पुगेको हो । अंकको हिसाबमा अघिल्लो कारोबार दिनभन्दा ३८ दशमलव २८ अंकले नेप्से परिसूचक बढेको हो ।

३ हजार १७२ दशमलव ३० विन्दुदेखि खुलेको बुधवारको बजार ३ हजार २२० दशमलव १३ विन्दुसम्म पुगेको थियो भने ३ हजार १५३ दशमलव ५९ विन्दुसम्म झरेको थियो । बुधवार नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।

यस दिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ प्रतिशत अर्थात् ४ दशमलव ८३ अंक बढेर ५९८ दशमलव ११ विन्दुमा पुगेको छ ।
योदिन रू. २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२८ ओटा कम्पनीको १ लाख ८८ हजार ५५४ पटकको व्यापारमा भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button