देश

फुटको संघारमा एमाले : नयाँ दल दर्ताको तयारीमा नेपाल समूह

Thrill Factory
Rungta Group

काठमाडौं- राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै नेकपा एमाले फूटको संघारमा पुगेको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्न आन्तरिक छलफल‍ गरिरहेको छ ।

अन्य नाम र चुनाव चिन्हका विषयमा छलफल जारी विरोध खतिवडाले जानकारी दिए । उनले भने, ‘नाम र चुनाव चिन्हबारे टुंगो लगाउन छलफलमा जुटेका छौँ । कानुन व्यवसायीसँग परामश गरी आवश्यक प्रक्रिया अघि बढाउने छौँ ।’

नेपाल पक्षका नेताको भेला अहिले नयाँ बानेश्वरस्थित अर्याल होटेलमा जारी छ । जारी छलफलमा दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए।

नयाँ पार्टी गठन गर्न एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यले हस्ताक्षर संकलनको काम थालेका छन् ।

माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ।

प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३४ जना छन्। २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button