खबर फटाफटदेशमुख्य खबर

३२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं -मंगलवार पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८१८ जना गरी कुल ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ पुगेको छ । यसैगरी, मंगलवार १ हजार ९२९ जना निको भएसँगै हालसम्म ६ लाख ८७ हजार ६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button